कर उठाउने नै भए एनसेलबाट उठाउनुस्, जनताबाट होइन स् सांसद त्रिपाठी

कर उठाउने नै भए एनसेलबाट उठाउनुस्, जनताबाट होइन स् सांसद त्रिपाठी

भदौ २२, २०७६
नेपाल कम्युनिस्ट पार्टीका सांसद हृदऐश त्रिपाठीले कर उठाउनका लागि कार्यदल गठन गर्न सुझाव दिएका छन्। जनतासँग सरकारले अनावश्यक कर उठाइएकोमा आक्रोश पोख्दै उनले कर उठाउने भए टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलबाट उठाउन पनि सुझाव दिएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद त्रिपाठीले प्रतिव्यक्ति कर उठाउनेमा नेपाल अग्र स्थानमा रहेको भन्दै त्यो तत्काल कम गर्न र जनतालाई सास्ती दिने काम बन्द गर्न पनि सुझाव दिएका थिए।
’अदालतको फैसलाका आधारमा ९ खर्ब राजश्व उठाउन बाँकी छ। यसबारे अर्थ मन्त्रालयलाई थाहै छैन। कार्यदल बनाएर कर उठाऊँ।’ काठमाडौंको सार्वजनिक जग्गा मिचेकोबारे पनि सांसद त्रिपाठीले सरकारलाई सचेत गराएका छन्।
२०४९ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले गठन गरेको रावल आयोगको छानबिनअनुसार सार्वजनिक जग्गाको खोजि भएको तर त्यो फिर्ता ल्याउन पहल नभएकोमा उनले असन्तुष्टि पोखे ।

सम्बन्धित खवर