प्रदेश–२ लोकसेवा आयोगका अध्यक्ष यादवले लिए शपथ

प्रदेश–२ लोकसेवा आयोगका अध्यक्ष यादवले लिए शपथ

भदौ २२, २०७६ जनकपुरधाम
प्रदेश २ को लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएका डा. सुरेन्द्र यादवले आज पद तथा गोपनियताको शपथ लिएका छन्। मधेस भवनमा आज आयोजित समारोहमा प्रदेश २ का प्रमुख रत्नेश्वर लाल कायस्थले आयोगक अध्यक्ष डा. यादवलाई शपथ खुवाएका हुन्।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु, प्रतिपक्षी दलका नेता र सांसदहरुको उपस्थिति रहेको थियो। शपथ ग्रहणपछि डा. यादवले निष्पक्ष र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाए। उनले यो पद अवसर र चुनौती दुवै भएको बताए।
उनले भने, ‘म सत्यलाई अंगालेर नै यहाँसम्म आइपुगेको छु। त्यसैले ढुंक हुनुस्। यताउती मबाट हुँदैन।’ गत साउत २२ गते प्रदेशसभाबाट लोकसेवा आयोग विधेयक पारित भएपछि मुख्यमन्त्री राउतको संयोजकत्वमा तीन सदस्य सिफारिस समिति बनाइएको थियो।
उक्त समितिले भदौं ५ मा आयोगको अध्यक्षमा यादवको नाम सिफारिस गरेको थियो। नवनियुक्त अध्यक्ष डा. यादव सिरहाको औरही गाउँपालिका ५ वासिन्दा हुन्। उनले सिरहा सदरमुकामस्थित सुर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखि क्याम्पसमा २९ वर्षसम्म उपप्रध्यापकको रुपमा काम गरेका छन्।
उनी नेपाल पत्रकार महासंघ सिरहाका साधारण सदस्य समेत छन्। उनले मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। नीति आयोगका उपाध्यक्ष फेरिए प्रदेश २ नीति आयोगको उपाध्यक्ष फेरिएका छन्।
प्रदेश सरकारले नीति आयोगका उपाध्यक्ष हरिवंश झालाई हटाइका हुन्। आजै उपाध्यक्षमा भोगेन्द्र झालाई नियुक्त गरेका छन्। आयोगका उपाध्यक्ष हरिवंशले पदको ख्याल नगरी प्रदेश सरकारले भ्रष्टाचारमा लागेको भन्ने अभिव्यक्ति केहिदिन अगाडी दिएका थिए। जसका कारण प्रदेशका मन्त्रीहरु मात्र नभएर प्रदेश सांसदहरु समेत प्रदेशसभा बैठकमै आक्रोस पोखेका थिए।
थाहाखबर

सम्बन्धित खवर