कमल गाउँपालिकाको जीवन चौकमा असोज ६ गते सोमबारबाट साप्ताहिक हाटबजार सुरु हुने

कमल गाउँपालिकाको जीवन चौकमा असोज ६ गते सोमबारबाट साप्ताहिक हाटबजार सुरु हुने

२०७६ भदौ २२
झापाको कमल गाउँपालिका वडां. ४,६ को संगम स्थल जीवन चौकमा यहीँ असोज ६ गते सोमबारका दिनबाट प्रत्येक सोमबार अथवा साप्ताहिक हाटबजार लाग्ने भएको छ ।
हिजो सम्पन्न भएको बजार व्यवस्थापन समितिको अध्यक्षमा बि.सप्लायर्स तथा बिजुली भण्डारका सञ्चालक राजकुमार तामाङ्ग सर्वसम्मत पारित हुनुभएको छ । यस गाउँका उपभोक्ताहरु दैनिकी दमक, गौरादह, केरखा बजार सामान्य उपभोगिय वस्तुहरु लिन १ घण्टाको बाटो हिड्नु पर्न बाध्यता रहेकोमा अब यहीँ बाट आफूले उत्पादन गरेका बस्तु तथा उपभोगिय बस्तु किनबेच गर्न सहज होस भन्ने उद्देश्यले यस ग्रामीण क्षेत्रमा नै बजार लगाउन आटिएको हो
यस गाउँका करिब २० वर्ष देखि किराना पसल सञ्चालन गर्दै आउने भएका व्यवसायी अग्नि प्रसाद सुवेदीले जानकारी दिनुभएको छ । यस बजार व्यवस्यापन समितिमा २१ सदस्य चयन गरिएको छ ।

सम्बन्धित खवर