शहरमै अझै छुवाछुत, इटहरीमा गरियो सहभोज

शहरमै अझै छुवाछुत, इटहरीमा गरियो सहभोज

आइतबार २२, भदौ २०७६
इटहरी उपमहानगरका वडा नं. ४ ले शनिबार सहभोग कार्यक्रमको आयोजना गरेको छ । छुवाछुतविरुद्ध वडा कार्यालयले सहभोज गरेको हो ।
कार्यक्रममा इटहरी नगरका प्रमुख द्वारिकलाल चौधरीले छुवाछुत सामाजिक कलंक भएकाले हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
इटहरी उपमहानगर वडा नम्वर ४ ले आयोजना गरेको कार्यक्रम छुवाछुत हटाउन सहयोगि हुने संविधानसभाकी सभासद् अनिता परियारले बताइन् ।
कार्यक्रममा बोल्दै नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाइलीले इटहरीमै पनि अझै दलित समूदायका एक ब्यक्तिले कोठा नपाएर समस्यामा परेको घटना सुनाए ।
अभियानकर्मी डिवि शाह शंकरले छुवाछुत मनोरोग भएकाले यस्तो रोग हटाउन सामाजिक अभियान आवश्यक पर्नेमा जोड दिए ।
इटहरी १७ का वडाध्यक्ष भगवान लाल शाहले नागपञ्चमीको दिन अरु घरमा नाग टाँस्दै आएका व्यक्तिले आफनो घर भने छुटाएको बताए । छुवाछुत समाजले नै सृजना गरेकाले समाजले नै हटाउनुपर्नेमा जोड दिए ।
इटहरी ४ का वडाध्यक्ष चन्द्र भटटराईले छुवाछुत जस्तो कुप्रथा हटाएर सदभाव र भाइचारा अभिवृद्धि गर्न सहभोज कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

सम्बन्धित खवर