आज १६ औं निजामती दिवस

आज १६ औं निजामती दिवस

भदौ २२, २०७६
आज १६औँ निजामती दिवस। देशभरे भव्य रूपमा मनाइँदै छन्। २०१३ सालमा निजामती सेवा ऐन जारी भएको दिन (भदौ २२) को सम्झनामा ०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको हो।
तीनै तहमा ९३ हजार कर्मचारी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक रहेको छ। यस वर्षको नारा ‘सक्षम निजामती प्रशासन ः विकास, समृद्धि र सुशासन’ तय गरिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परिवर्तित सन्दर्भमा राष्ट्रसेवक कर्मचारीले सेवाप्रति इमानदार, कर्तव्यप्रति निष्ठावान्, जनताप्रति उत्तरदायी, कानुनसम्मत रूपमा अगाडि बढ्नु नै निजामती सेवा दिवसको सफलता हुने बताएका छन्।

सम्बन्धित खवर