चीनयाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आउँदै

चीनयाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आउँदै

भाद्र २२, २०७६
चीनका विदेशमन्त्री वाङ यी ३ दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । अफगानिस्थानको समेत सहभागितामा पाकिस्तानमा भएको त्रिपक्षीय वार्तामा सहभागी भएर चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउन लाग्नुभएको हो ।
उहाँ इस्लामावादबाट अपरान्ह साढे ४ वजे नेपाल आउनुहुनेछ । भ्रमणका क्रममा चीन र नेपालबीच परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय संयन्त्रको वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनिया विदेशमन्त्रीको भ्रमणका क्रममा बेल्ट एण्ड रोड ईनिसिएटिभ बीआरआईमा सहयोग सम्बन्धी कार्यादेश र कार्ययोजना समेत तय हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
समकक्षी वाङसँग हुने वार्ताका क्रममा दुई वटा सहमती पत्रमा हस्ताक्षर हुने भनिएपनि विवरण सार्वजनिक गरिएको छैन । बैठकका क्रममा दुई मुलुकबीचको सम्बन्ध, समस्या, सम्भावनासहित समग्र पक्षको समिक्षा हुने परराष्ट्र मन्त्री ज्ञवालीको भनाई छ ।
आगामी असोज अन्तिम साता हुने भनिएको चिनियाँ राष्ट्रपति सि जिनफङको सम्भावित भ्रमणका विषयमा पनि छलफल हुने बताईएको छ ।
नेपालको ३ दिने भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली सहित सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाल कंग्रेसका सभापति शेरबहादुर देउवासँग समेत भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धित खवर