चीन सरकार र व्यापारीलाई नेपालमा लगानी गर्न प्रचण्डको आग्रह

चीन सरकार र व्यापारीलाई नेपालमा लगानी गर्न प्रचण्डको आग्रह

भदौ २१, २०७६
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार र चिनियाँ व्यापारी तथा लगानीकर्ताहरुलाई आह्वान गरका छन्।
चिनियाँ दूतावासले शनिबार राजधानीमा गरेको नेपाल चीन व्यापारसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले राजनीतिक स्थायित्व कायम भएसँगै लगानी मैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न आह्वान गरेका हुन्।
राजनीतिक स्थायित्वसँगै नेपाल सरकार मुलुकको आर्थिक विकासलाई सम्मृद्धिको नयाँ यात्रामा रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै उनले चिनियाँ सरकार, जनता र लगानीकर्ताबाट नेपालको आर्थिक वृद्धिको लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको बताए।
उनले नेपाल सधैं एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चिनियाँविरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता पनि दोर्होयाए। नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको चीनको राजकीय भ्रमणको प्रतिफल नै दुई देशबीचको सहयोग आदानप्रदानको आधारशिला भएको पनि उनले स्पष्ट पारे।
कार्यक्रममा उपराराष्ट्रपति नन्द बहादुर पुनले नेपालको पुर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलले पछिल्लो समय नेपाल चीन बीच राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनतरका सम्बन्धहरू विस्तार हुँदै गएको बताए। कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, राजनीतिक दलका नेता, व्यवसायी सहभागी छन्।

सम्बन्धित खवर