अवैध काठदेखि भन्सार छलीसम्मका सामान बरामद

अवैध काठदेखि भन्सार छलीसम्मका सामान बरामद

भदौ २१, २०७६ सिरहा
सिरहा प्रहरीले जिल्लाका विभिन्न ठाउँमा अवैध रुपले लुकाएर राखिएको काठ बरामददेखि भन्सार छलेर ल्याइर्एका लाखौं मूल्यका सामानसम्म बरामद गरेको छ। प्रहरीले सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका २ बल्टिया गाउँबाट अवैध रुपमा लुकाई छिपाई राखिएको करिब एक लाख रुपैयाँ मूल्यको अवैध काठ बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको गस्ती टोलीले स्थानीय रामबहादुर सुनुवारको घर गोठमा अवैध रुपमा काठ लुकाई छिपाई राखिएको करिब एक लाख रुपैयाँ मूल्यको २० थान साल प्रजातिको काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएको काठ आवश्यक कारबाहीको लागि मिर्चैयास्थित इलाका डिभिजन वन कार्यालयमा बुझाईएको छ।

सम्बन्धित खवर