ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु २ घाईते

ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु २ घाईते

इलाम, भाद्र २१ गते ।
इलामको रोङ गाउँपालिका(१ हिलेपाखा भन्ने भित्रि सडक खण्डमा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ घाईते भएका छन् । शुक्रबार साझँ ७ बजेको समयमा सोहि स्थान बाट तिनघरे इलाम तर्फ बाँस लोड गरी आउदै गरेको मे १ ख २२५६ नम्बरको ट्रक उकालोमा तान्न नसकि बाटोबाट अंदाजि ७० मिटर तल खसी दुर्घट्ना भएको हो ।
दुर्घटनामा झापाको बुद्दशान्ति गाउँपालिका(५ बस्ने अंदाजी बर्ष ३०।३१ को रबिन नेपाल को गाडीमुनि चेपिएर मृत्यु भएको छ भने बर्ष ३२ को नरेन्द्र खड्का र बर्ष २५ को रमेश चौहान घाईते भएका छन् ।
घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर बाट प्रहरीको टोलि खटी घाईतेहरुलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पठाएको थियो भने ट्रकका चालक झापाको दमक नगरपालिका(५ बस्ने बर्ष ४० को धुर्ब कार्की हाल सम्म फेला नपरेकोले खोजतलाश गर्ने कार्य भई रहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर