भोजपुर बहुबिवाह गर्ने जेल चलान

भोजपुर बहुबिवाह गर्ने जेल चलान

शुक्रबार, भाद्र २१, २०७६
घरमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्ने आमचोक गाउँपालिका वडा नम्बर ९ दुङमानाका ३१ वर्षीय जित बहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले एक वर्ष ६ महिना कैद र १० हजार जरीवानाको फैसला गरेको छ ।
त्यस्तै अदालतले जीत बहादुरसंग विवाह गरेर आउने कान्छी श्रीमती ३१ वर्षीय रत्न माया श्रेष्ठलाई १ वर्ष कैद र १० हजार जरीवानको फैसला गरेको छ भने अदालतले पिडकहरुबाट पिडितलाई ५ हजार क्षतीपूर्ती भराउने फैसला गरेको छ ।
जिल्ला न्यायाधिस खिलनाथ रेग्मीको इजलासले उनीहरुलाई कैद, जरीवाना र क्षतीपूर्तीको फैसला गरेको हो । जीत बहादुरकी जेठी श्रीमती पूर्ण माया श्रेष्ठले श्रीमानले कान्छी श्रीमती ल्याएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई प्रहरीले गत जेठ १९ गते पक्राउ गरेको थियो ।
उनीहरुलाई मुलुकी अपराध संहिता को दफा १ सय ७५ को उपदफा १ र २ बमोजीम बहुविवाहाको कसुर ठहरीएकोले कैद, जरीवाना र क्षेतीपूर्तीको फैसला गरेको हो ।

सम्बन्धित खवर