प्रदेश ५ मा डेंगुका ८८ बिरामी फेला

प्रदेश ५ मा डेंगुका ८८ बिरामी फेला

भाद्र २१, २०७६
प्रदेश ५ मा डेंगुको संक्रमण बढ्दै गएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म प्रदेशमा ८८ जनामा डेंगुको संक्रमण भेटिएको छ । सबैभन्दा धेरै संक्रमण रुपन्देहीमा छ । जिल्लामा ४८ जना डेंगुका बिरामी भेटिएका छन् । परासी पश्चिममा ३१ जनामा संक्रमण देखिएको छ ।
कपिलवस्तुमा ३, दाङ र बाकेमा २रजना तथा गुल्मी र बर्दियामा एकरएक जनामा डेंगुको संक्रमण देखिएको छ । डेंगु बढ्दै गएपछि स्वास्थ्य संस्थाहरु मार्फत नागरिकलाई सचेत रहन आग्रह गरिएको महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बताउनुभयो ।
यस क्षेत्रमा भाईरल ज्वरोका बिरामीहरुको संख्या समेत दैनिक बढेको छ । लुम्बिनी प्रादेशीक अस्पताल बुटबलका मेसु डा कृष्ण खनालले डेंगु परीक्षणका लागि कीटको अभाव भएको र जिल्ला स्वास्थ्य कार्यलयबाट ७० पिस मात्र आएको बताउनुभयो ।
डेंगुबाट बच्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । यसर्थ डेंगु हुन नदिन लामखुट्टेको टोकाइबाट बच्न सिकाउने सबैभन्दा ठूलो भूमिका स्थानीय तहको हुन्छ तर, रुपन्देहीका स्थानीय तहले यसबारे अझै काम थालेका छैनन् ।

सम्बन्धित खवर