भारतको प्रक्षेपण ’मिशन चाँद’ असफल ?

भारतको प्रक्षेपण ’मिशन चाँद’ असफल ?

भाद्र २१, २०७६
गत जुलाई २२ मा प्रक्षेपण गरिएको भारतको चन्द्रयान टु चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नुपूर्व नै सम्पर्क विच्छेद भएको छ । यससँगै भारतीय वैज्ञानिकको ’ मिशन चाँद’ असफलता उन्मुख भएको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले भनेको छ, ’चन्द्रयान टुमा रहेको विक्रम नाम गरेको रोबटले योजना अनुरुप नै अवतरण गरिरहेको थियो, अवतरण गर्ने सतहको २ दशमलव १ किलोमिटर सम्म पनि अवस्था सामान्य नै थियो तर त्यसको केही समय पछि नै सम्पर्क टुटेको छ अहिले त्यस सम्बन्धि डाटाको समिक्षा भइरहेको छ ।’
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुलाई निराश नहुन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ’तपाईहरुले आफ्नो तर्फबाट निकै राम्रो काम गर्नुभयो, जीवनमा उतार चढाव भइरहन्छन्, निराश नहुनुस् हाम्रो यात्रा छ ।’
१ अर्ब ५० करोड डलरको खर्चमा निर्माण गरिएको चन्द्रयान टु ले सन् २००८ मा प्रक्षेपण गरिएको चन्द्रयान वानको अध्ययनलाई थप विस्तार गर्ने विश्वास गरिएको थियो

सम्बन्धित खवर