त्रि.वि.को गम्भीर त्रुटी, एउटाको परिक्षामा अर्को विषयको प्रश्न पत्र

त्रि.वि.को गम्भीर त्रुटी, एउटाको परिक्षामा अर्को विषयको प्रश्न पत्र

मोरङ, त्रिभुवन विश्व विद्यालय (त्रि.वि) ले स्नातकोत्तर परिक्षामा गम्भीर त्रुटी गरेको पाइएको छ । स्नातकोत्तर तहको सेमेस्टर सिस्टममा प्रथम सेमेस्टरको परिक्षा संचालन भइरहेको छ । सोही परिक्षामा त्रि.वि.ले एउटा विषयको परिक्षाका दिन अर्को विषयको प्रश्नपत्र पठाएको हो ।

भाद्र १८ देखि सुरु भएको स्नातकोत्तर तहको शिक्षा शास्त्र संकाय अन्तर्गत १८ गते पहिलो दिन “शिक्षाका आधारहरु” विषयको परिक्षा थियो । दोस्रो परिक्षा २० गते “उच्चस्तरीय शैक्षिक मोविज्ञान” विषयको परिक्षा थियो । मोरङको सुकुना बहुमुखी क्याम्पसमा विहान ११ बजे देखि सुरु भएको परिक्षामा बस्तुगत प्रस्नको उत्तर बुझएर विषयगत प्रश्नपत्र लिँदा अघिल्लो दिनको प्रश्नपत्र परेको परिक्षार्थीले थाहा पाएका थिए । “शिक्षाका आधारहरु” विषयको प्रश्नपत्रमा विषय लेख्ने स्थानमा “उच्चस्तरीय शैक्षिक मोविज्ञान” मात्रै थप गरेर प्रश्नपत्र पठाएपछि परिक्षाहलमा नै खैलाबैला मच्चियो । अब परिक्षा हुने की नहुने भन्ने अन्यौलतामा परेका विद्यार्थीलाई क्याम्पसले धैर्य गर्न भनेपछि ४० मिनेट पछि त्रि.वि.ले इमेल मार्फत प्रश्नपत्र पठाएको भनेर परिक्षा संचालन गरियो । परिक्षार्थीहरुले हाम्रो प्रश्नपत्रमा किन यस्तो लाहपर्वाही भनेर आर्कोस पोखेका छन् ।

यसरी स्नातकोत्तर तहको समेत प्रश्नपत्र निर्माणमा किन लापर्वाही हुन्छ ? यसरी गलत प्रश्नपत्र पठाएका घटना समय समयमा आउने गरेका छन् । यो घटनाले त्रि.वि.ले प्रश्नपत्र कसरी निर्माण गर्छ भन्ने विषयमा गम्भीर प्रश्न उब्जाएको छ । यस विषयमा बुझ्नका लागि पटक पटक परिक्षा नियन्त्रण कार्यालय, डिनको कार्यालयमा सम्पर्क गर्दा समेत फोन सम्पर्क हुन सकेन तर यो विषयले त्रि.वि.को लापर्वाही भने छर्लङ्ग सतहमा ल्याएको छ ।


सम्बन्धित खवर