सिमा कार्यालय बन्द भएको विषयमा प्रशासन चासो

सिमा कार्यालय बन्द भएको विषयमा प्रशासन चासो

शुक्रबार, २० भदौ २०७६,
सोलुखुम्बुको खुम्बुपासाङल्हमू गाउँपालिका–५ नाम्चेमा अवस्थित सीमा प्रशासन कार्यालय महिनौंदेखि बन्द भएको समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ।
कार्यालय प्रमुख नवदिप राई सम्पर्क विहिन भएपछि सिमा प्रशासनको वास्तविक अवस्थाबारे अध्ययन पछि प्रतिवेदन पेश गर्न सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईलाई अख्तियारी दिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए।
प्रतिवेदन बुझाउने जिम्मा पाएका सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भट्टराईले आगामी मंगलबारसम्म यर्थाथ प्रतिवेदन बुझाउने बताए। सिमा प्रशासन कार्यालयको अध्ययनको काम शुरु गरिसकेकाले यथासिघ्र छिटो प्रतिवेदन बुझाउने तयारीमा रहेको भट्टराईको भनाई छ।
केही दिन अघि मात्र नागरिक दैनिकले ‘प्रशासन कार्यालय बन्द हुदा सेवाग्राही मर्कामा’ शिर्षकमा समाचार छापेको थियो। महिनौंदेखि कार्यालय बन्द हुँदा खुम्बु क्षेत्रका सर्वसाधारणले नागरिकता, राहदानीलगायतका कामका लागि सल्लेरी धाउनुपरेको छ। तीन दिनको बाटो हिँडेर सल्लेरी आउनुपर्दा समय र खर्च बढेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्।
कार्यालय सहयोगीसमेत विदामा काठमाडौंमा रहेपछि रेर्कड हेर्ने कर्मचारीसमेत छैन्। जसले नागरिकताको प्रतिलिपि वितरणमा समस्या भएको छ। स्रोतका अनुसार कार्यालय प्रमुख राईले परीक्षा दिन जाने भन्दै साउनको मध्येमा खुम्बु छाडेका थिए।

सम्बन्धित खवर