ईटहरीमा मानव वेच विखन बिरुद्धको अभियान

ईटहरीमा मानव वेच विखन बिरुद्धको अभियान

२० भाद्र २०७६, शुक्रबार
मानव बेचबिखनविरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा इटहरीमा सप्ताहब्यापी कार्यक्रमअन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
इटहरी उपमहानगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, प्रहरी, कानुन व्यवसाथीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख समिरचन्द्र खरेलले मानव बेचबिखनविरुद्ध नेपाल प्रहरीको रणनीति र कानुनको बारेमा जानकारी दिए ।
माइती नेपाल सुनसरीको कार्यक्रम संयोजक सुनिता कार्कीले प्रदेश १ मा मात्र नभएर देशमा नै मानव बेचबिखनको अवस्था बढ्दो रहेको बताईन् । उनले पछिल्लो समय मानव बेचबिखन शैली परिवर्तन गरेर भइरहेको बताईन् । सुनसरी, मोरङ, झापा जिल्लामा लुकीछिपी मानब बेचबिखन भइरहेको उनको भनाई थियो ।
विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने इटहरी उपमहानगरपालिकाको सामाजिक विकास अधिकृत सुशीला कार्की बताईन् । सबलीकरणको माध्यमबाट मानव बेचबिखनलाई न्यूनीकरण गर्नुपर्ने कार्कीको भनाइ छ ।

सम्बन्धित खवर