सुन्दर हरैँचाको नगरसभा स् १ अर्ब ८ करोड ७७ लाख बजेट विनियोजन,नाप नक्सामा डिजिटल प्रबिधि

सुन्दर हरैँचाको नगरसभा स् १ अर्ब ८ करोड ७७ लाख बजेट विनियोजन,नाप नक्सामा डिजिटल प्रबिधि

२० भाद्र २०७६, शुक्रबार
मोरङको सुन्दरहरैचा नगरपालीकाले चौथो नगरसभाबाट आर्थिक वर्ष २०७६÷७७ का लागि १ अर्ब ८ करोड ७७ लाख ८० हजार बजेट बिनियोजन गरिको छ ।
नगरपालीकाका मेयर शिव ढकालको अध्यक्षतामा सम्पन्न चौथो नगरसभाले नगर बिकासका योजनाहरू सहित बिभिन्न शिर्षकमा सो परिमाणको बजेट बिनियोजन गरेको हो । नगरसभाले यो आर्थिक वर्षको सामाजिक सुरूक्षातर्फ १८ करोड रकम बिनियोजन गरेको छ । पारित भएका बजेटले नागरिकको भावना अनुसार काम गर्ने ढकालले बताए ।
त्यसैगरी यसै बर्षदेखि नगर क्षेत्रमा भौतिक पूर्वाधार सम्बन्धि नीति ल्याइने जनाइएको छ । उक्त नीतिले नगर क्षेत्रमा हुने साना तथा ठुला बिकासका योजनाहरूलाइ बिशेष प्राथमिकतामा राखि बजेट उपलब्ध गराउने सभामा जानकारी गराइएको छ ।
कार्यक्रममा मेयर ढकालले यसै वर्षदेखि घर नक्सा सम्बन्धि सेवा लिन आउने सेवाग्राहिलाई ध्यानमा राखी डिजिटलाइजेसन गरिएको बताए । त्यसैगरी सुन्दरहरैचा नगरपालीकामा रात्रिकालिन बजार समेत लाग्ने ब्यवस्था मिलाइने कार्यक्रममा जानकारी गराइएको थियो ।
चौथो नगरसभाबाटै नगर प्रमुख उज्यालो सुन्दर हरैचा कार्यक्रम पनि अघि सारेको छ । सभाले बिजुली बत्ति नपुगेका स्थानहरूमा अविलम्ब बिद्युत सेवा पुर्याइने एवं नगर क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रको प्रवद्र्धनका लागि उपयोगी कदमहरू चाल्ने घोषणा गरेको छ ।
सुन्दरहरैचाको वाड नम्बर ५ मा अवस्थित नयाँ बृन्दावनलाई नेपालकै ऐतिहासिक र नमुना धार्मिक पर्यटकिय स्थलको रूपमा बिकास गरिने समेत सो अवसरमा जानकारी गराइएको थियो । बजेट तथा नीति कार्यक्रम अन्तरगत यो बर्ष केन्द्रिय सरकारले ६८ करोड २३ लाख बजेट प्रदान गरेको जानकारी दिइयो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आजदेखि लागुहुने गरी सुन्दरहरैचामा स्वास्थ्य बिमा कार्यक्रम सुरू भएको घोषणा पनि गरिएको थियो ।
आबि

सम्बन्धित खवर