सम्झौता तत्काल कार्यन्वयन नभए कोशी पीडितद्धारा ‘आत्मदाह’ को चेतावनी

सम्झौता तत्काल कार्यन्वयन नभए कोशी पीडितद्धारा ‘आत्मदाह’ को चेतावनी

२० भाद्र २०७६, शुक्रबार
नेपाल र भारतबीच भएको कोशी सम्झौता तत्काल कार्यन्वयन नभए कोशी पिडितहरुले ‘आत्मदाह’ गर्नेसम्मको चेतावनी दिएका छन् ।
नेपाल र भारतबीच भएको कोशी सम्झौता बमोजिम पाउने क्षतिपूर्ति र मुआब्जाको माग गर्दै कोशी प्रभावित क्षेत्रका कोशी पडितको साउन ३२ गतेदेखिको रिले अनशन जारी छ ।
सुनसरी, सप्तरी र उदयपुरका पिडितहरुले कोशी ब्यारेजमा जारी राखेको रिले अनसनका क्रममा उनीहरुले नेपाल सरकारको नाममा आत्मदाह गर्ने चेतावनी दिएका हुन् । कोशी नदी कटान डुबान पिडित संघर्ष समिति गठन गरी कोशी कटानले गरेको क्षतिपूर्ति र मुआब्जाको माग गर्दै कोशी प्रभावित क्षेत्रका स्थानीयहरु आन्दोलनरत छन् ।
अनशन बसेका कोशी पिडित कासीम अन्सारीले चतरादेखि सप्तरीको कुनौली बोर्डरसम्मको भुभागका लाखौ कृषकहरुको खेतियोग्य जमिन र घर गुमाउदा समेत सरकारले क्षतिपूति र जमिनको मुआब्जा दिने बिषयमा चासो नदेखाएको गुनासो गर्नुभयो । संघर्ष समितिका अध्यक्ष महिदेवप्रसाद चौधरीले यो ‘निर्णायक तह’ को आन्दोलन भएको बताउनु भएको छ ।
‘रिले अनशनपछि आमरण अनशनमा जाने उहाँले बताउनुभयो । भारत सरकारले कोशी सम्झौता अनुसार प्रत्येक वर्षकोशी कटानबाट पीडितलाई दिनुपर्ने क्षतिपूर्ति नदिएर अन्याय गरेकाले सम्झौता कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले रिले अनशन थालिएको चौधरीले बताउनुभयो
पीडितहरूले सम्झौता बमोजिम बालीको क्षतिपूर्ति, मुआब्जा पाउनुपर्ने, कटान पीडितको जग्गामा कोशी योजनाको काम रोक्नुपर्ने, जग्गाको सुरक्षा हुनुपर्ने, कोशीमा पाइलट च्यानलको काम गर्नुपर्ने, कोशीपीडित र नेपालीहरूलाई जागिर दिनुपर्ने, सम्झौता अनुसारको अस्पताल र विद्यालय खोल्नुपर्ने र नेपालीभूमिमा काम गर्दा अनुमति लिनुपर्ने लगायतका सात बुँदे माग अघि सारेका छन् ।

सम्बन्धित खवर