सहाराको जग्गा ब्यक्तिको नाम प्रकरण ः संलग्नलाई उन्मुक्ति दिएको आरोप

सहाराको जग्गा ब्यक्तिको नाम प्रकरण ः संलग्नलाई उन्मुक्ति दिएको आरोप

२० भाद्र २०७६,
मोरङको बेलबारी २ लालभित्तीमा रहेकोे सहाराको जग्गा व्यक्तिलाई विक्री गरेको विषयको छानविन गर्न नेकपा बेलबारीद्वारा गठित छानविन समितिले घटनामा सम्लग्नलाई उन्मुक्ति दिएको भन्दै नेपाली कांग्रेस नगरसमिति बेलबारीले विरोध जनाएको छ ।
पार्टी कार्यालय बेलबारीमा शुक्रबार पत्रकार सम्मेलन गरेर सो विषयलाई लिएर नेपाली कांग्र्रेसले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस नगर सभापति शम्भु भट्टराईले आफ्ना कार्यकर्तालाई चोख्याउन गठन गरिएको छानविन समिति र त्यसले ल्याएको प्रतिवेदन आफ्नो पार्टीलाई मान्य नहुने बताए ।
उनले सत्यतथ्य छाानविन गरि सार्वजनिक गर्न एउटा सर्वपक्षीय छानविन समिति वनाउनु पर्ने वताए । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा सहाराको जग्गा विक्री काण्डमा संलग्नहरुलाई कारवाही गरेजस्तो देखाउने तर वास्तविकतामा कार्यकर्ता संरक्षण गरि निर्णय बाहिर ल्याएकोमा आपत्ति जनाएको छ ।
छानविन समितिले पूर्व सांसद हर्कमान तामाङ र पूर्व गाविस अध्यक्ष शिव बराललाई मात्र दोषी देखाएकोमा काग्रेसले असहमति जनाएको छ । कांग्रेसले सहाराको जग्गा खरिद गरेर पछि फिर्ता गर्ने इटहरीका व्यवसायी डम्बर तामाङमाथि पनि कार्वाही हुनु पर्ने माग राखेको छ ।

सम्बन्धित खवर