प्रधानमन्त्री ओली स्वदेश फर्कदै

प्रधानमन्त्री ओली स्वदेश फर्कदै

भाद्र २०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्योपचार गरी शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । सिंगापुरबाट थाइल्यान्ड हुँदै थाई एयरवेजबाट दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँगै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि स्वदेश फर्कदै हुनुहुन्छ । दुवै नेता प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर जानुभएको थियो ।
प्रधानमन्त्री ओली मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न गत भदौ ५ गते सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा जानुभएको थियो । त्यहाँ उहाँको प्लाज्मा फेरिसिस गरिएको थियो ।

सम्बन्धित खवर