विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग लज्जादस्पद हार

विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग लज्जादस्पद हार

भाद्र २०, २०७६
विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग लज्जादस्पद हार भोगेको छ । कुवेत स्पोर्टस क्लबको मैदानमा गएराती भएको खेलमा नेपाल, घरेलु टोलीसँग ७–० को फराकिलो अन्तरले पराजित भएको हो ।
गोलरक्षक किरण कुमार चेम्जोङको कमानीमा मैदान उत्रिएको नेपालले घरेलु टोलीविरुद्ध सुरुवात देखि नै लय गुमाएको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको कुवेतले दोस्रो हाफमा ५ गोल थप्दै शानदार जित हात पारेको हो । नेपालले अधिकांश गोल डिफेन्सको गल्तीका कारण खाएको थियो ।
कुवेतको जितमा युसेफ नासिरले २ तथा अब्लुल्लाह मावी, फहाद अल हाजेरी, बदेर अल मुटाव, रिडा हानी र हुसेन अल मोसावीले एक एक गोल गरे । नेपालविरुद्ध छैंठौँ मिनेटमा अग्रता बनाएको कुवेतले अन्तिम मिनेटमा २ गोल थपेको थियो । जितसँगै कुवेतले तालिकामा ३ अंक जोडेको छ भने नेपालले निराशाजनक रुपमा विश्वकप छनोट यात्रा सुरु गरेको छ ।
एसियाली छनोटको समुह बीमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा भदौ २४ गते चाईनिज ताईपेईसँग खेल्नेछ । दोस्रो खेल ताईपेईको घरेलु मैदानमा हुने छ । गएराती नै भएको खेलमा ताईपेई, जोर्डनसँग २–१ ले पराजित भएको थियो । कुवेतले आफ्नो दोस्रो खेलमा भदौ २४ गते बलियो टोली अष्ट्रेलियाको सामना गर्नेछ ।

सम्बन्धित खवर