नगरपालिकाबाट ह्विल चियर वितरण

नगरपालिकाबाट ह्विल चियर वितरण

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले वडा नम्वर १० का अपाङ्गता भएका एकजना बालकलाई ह्विल चियर वितरण गरेको छ ।

नगर स्वास्थ्य शाखामार्फत ललितजङ कुरुङ्बाङका १२ वर्षीय छोरा अजयलाई नगर प्रमुख दिलिपकुमार राईको अगुवाईमा ह्विल चियर वितरण गरिएको हो । कार्यपालिका सदस्य मैनादेवी फूँयाल आचार्य, वडा सदस्य मनकुमारी विश्कर्मा, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य सहितले ह्विल चियर वितरण गर्नुभयो ।

सम्बन्धित खवर