अमेरिकामा भएको सवारी दुर्घटनामा परी विराटनगरका एकै परिवारका तीन नेपालीको मृत्यु

अमेरिकामा भएको सवारी दुर्घटनामा परी विराटनगरका एकै परिवारका तीन नेपालीको मृत्यु

बिहीबार १९, भदौ २०७६
अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा विराटनगरका एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको स्थानीय जोप्लिन प्रहरीले जनाएको छ । उनका बुबा–आमा अमेरिका घुम्न नेपालबाट गएका हुन् ।
कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन् । प्रभाशको अवस्था स्थिर छ भने बालिकाको अवस्था चिन्ताजनक छ ।
उनले गाडी बत्तिमा रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो । श्रद्धा र प्रभाश अगाडी सिटमा थिए भने अरू पछाडीको सिटमा थिए ।
गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो । ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर