अमेरिकामा ग्याल्सुम्दोलाई छिरिङ राप्केले यसरी सबल बनाए

अमेरिकामा ग्याल्सुम्दोलाई छिरिङ राप्केले यसरी सबल बनाए

१९ भदौ २०७६
नेपालको हिमाली जिल्ला मनाङमा जन्मिएका छिरिङ राप्के लामा अहिले अमेरिकामा कार्यरत छन् । उनि समाजसेवीको रुपमा अमेरिकामा परिचित छन् ।
अमेरिकामा स्थापना गरिएको ग्याल्सुम्दो सेवा संस्थामा २०१७ देखि २०१९ सम्म काम गर्न पाएका समाजसेवी छिरिङले आफ्नो कार्यकाललाई प्रशंसनिय मात्रै बनाएनन् यस अवधिलाई एक स्वर्णिम कार्यकालको रूपमा समेत स्थापित गर्न भ्याए ।
अमेरिकामा बसोबास गर्ने नेपालीबीच अहिले ग्याल्सुम्दो सेवा संस्था फरक पहिचान र स्थान बनाउन सफल भएको तर्क पनि अन्य सदस्यहरु बताउँछन् । सामाजिक संजालमा समेत ग्याल्सुम्दो र छिरिङको प्रशंसा पनि उत्तिकै छ ।
आफूले नेतृत्व गरेको संस्थालाई आर्थिक रुपमा समेत बलियो बनाउन भ्याएका छिरिङले आफ्नो कार्यकालामा ४० हजार यूयस डलर बढी सम्पत्ती जोडेका छन् । यसैकारण पनि छिरिङको कार्यकाललाई ‘स्वर्णिम’ को उपमा दिइएको सदस्यहरु बताउँछन् ।
कुनै बेला चर्चामा नरहेको संस्था अहिले एकाएक अमेरिकामा बसोबास गर्ने नेपालीमाझ परिचित छ । प्रवासमा रहेर पनि संस्थाले विभिन्न सामाजिक कामदेखि आफ्ना सदस्यहरुको समस्यामा साथ दिदैं आएको बताइन्छ । संस्थाले पहिलो पटक स्मारिका पुस्तक प्रकाशन गरेर नयाँ कार्यको थालनी समेत गरेको छ ।
सामाजिक भावनाले ओतप्रोत हुँदै अघि बढेको ग्याल्सुम्दो सेवा संस्था ठूलो बन्दै गएपछि अमेरिकामा संस्थाको आफ्नै भवनको आवश्यकता रहेको छिरिङ बताउँछन् उनका अनुसार हामी यसका लागि सक्दो काम गर्छौं ।
त्यसो त ग्याल्सुम्दो सेवा संस्थाले प्रवासमा रहेर पनि धर्म संस्कृति र पहिचानलाई जोगाई राख्न विभिन्न संघ संस्थासंँग निरन्तर समन्वय गरेको छिरिङ बताउँछन् । संस्था स्थापनाको १५ औं वर्षगाँठ तथा नवौं महाधिवेशनबाट निमा ल्हमु लामाको अध्यक्षतामा बिधानसम्मत सर्वसम्मतले नयाँ नेतृत्व पनि चयन भइसकेको छ । नयाँ नेतृत्वबाट थप काम हुने विश्वास छिरिङले गरेका छन् ।
न्युज २४

सम्बन्धित खवर