लेटाङमा नगर जेसिज द्धारा, गजल बाचन कार्यक्रम सम्पन्न

लेटाङमा नगर जेसिज द्धारा, गजल बाचन कार्यक्रम सम्पन्न

बुधबार १९, भदौ २०७६
मोरङको लेटाङ नगर जेसिजले वर्ष २०१९ को सप्ताह कार्यक्रम अन्तर्गत बुधबार गजल बाचन कार्यक्रम सम्पन्न गरेको छ ।
साहित्यकार शिव प्रणतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त गजल बाचनमा अन्जान यात्री, युवराज ठकुरी अज्ञानी, युवराज काफ्ले ई वान, सुनिता तामाङले गजल वाचन गरेका थिए । विशेष गजल बाचन अन्तर्गत गजलकार लोकेन्द्र बन्जराले आफ्ना उत्कृष्ट गजलहरु वाचन गरेका थिए ।
कार्यक्रममा साता भरी गरिएका विभिन्न कार्यक्रमका पुरस्कृतहरुलाई पुरस्कार वितरण साथै सम्मान समेत गरिएको आयोजक लेटाङ जेसिजका कार्यकारिणी उपाध्यक्ष आशिष ढकालले बताए । साता व्यापी कार्यक्रमको बुधबार नै समापन समेत गरिएको थियो ।

सम्बन्धित खवर