बिहीबार १९, भदौ २०७६
नयाँ व्यवस्थाअनुसार धरौटी बुझाउन नसक्ने तीन सय तीन म्यानपावर खारेज भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार भदौ १ गतेसम्म एक हजार तीन सय २३ म्यानपावर थिए ।
कारोबार रोक्का भएको र निष्क्रिय रहेकाले समेत बैंक ग्यारेन्टी र धरौटी राख्न पाउने भए पनि बढेको धरौटी राख्न नसकेकै कारण ती म्यानपावर खारेजीमा परेका हुन्। वैदेशिक रोजगारका लागि इजाजत लिएका कुल एक हजार पाँच सय २७ संस्थामध्ये दुई सय चार म्यानपावर यसअघि नै खारेज भइसकेका छन्
वैदेशिक रोजगार विभागकाले ती संस्थाको नगद धरौटीको भेरिफाइ गर्ने काम बिहीबार हुने भएकाले खारेज हुनेको संख्या थपघट हुन सक्ने जनाएको छ । विभागका अनुसार अब म्यानपावरको संख्या आठ सय ४८ मा सीमित भएको छ।
वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगार ऐन २०६४ मा भएको संशोधन गरी धरौटी बढाएको थियो । सरकारले पाँच सयसम्म म्यानपावरको संख्या हुने अपेक्षा गरे पनि त्योभन्दा धेरै म्यानपावरले धरौटी बुझाएका हुन् ।
म्यानपावरको संख्या धेरै हुँदा नियमन गर्न समस्या भएको र कामदार ठगिएको भन्दै ६ महिनाअघि म्यानापारको धरौटी बढाएको थियो।
