रंगेलीमा देखिएको अबैध धन्दा, नेपालमा टिप्परको माथिल्लो भाग काटेर भारत निकासी

रंगेलीमा देखिएको अबैध धन्दा, नेपालमा टिप्परको माथिल्लो भाग काटेर भारत निकासी

१९ भाद्र २०७६, बिहीबार
रबिन्द्र बराल
रंगेली–कानेपोखरी सडक सन् २०११ को मार्चमा भारतीय ठेकदार कम्पनी जिभिआर इन्फ्राप्रोजेक्ट लिमिटेड चाईनाले सो सडक बनाउने जिम्मा पाएको थियो
भारतबाटै हाईवा ट्रिपर तथा ट्याक्टरलगायतका सवारी साधन ल्याएर काम सुरु गरेको थियोे । सो कम्पनीले १८ महिना काम गरेर कम्पनी भागे पछि उनिहरुले प्रयोग गरेको सवारी साधन भने ब्यवारिसे अबस्थामा थिए । बषौँदेखि थन्किएर बिग्रिएको अवस्थामा कानेपोखरी गाउँ पालिकाको रमाइलो थियोे ।
दुईवटा टिप्पर भने केही महिना अगाडि रंगेली ८ स्थित बेदमारी पुल नजिकै एक महिना अगाडि देखि अलपत्र अबस्थामा थियो । केएबि३७४६ नम्बरका टिप्पर का सबै सामान काटेर अबैध रुपमा भारत तर्फ लैजाने गरेको पाईएको छ ।
स्थानीयले विगत तीन दिनदेखि केही नौला ब्यक्तिहरु टाटा सुमोमा आएर गाडीको माथिल्लो भागको सबै काटेर लैजाने गरेको बताए ।
एक महिना अगाडि मात्र दुईवटा टिप्पर अबैध रुपमा भारत तर्फ समेत लगिएको स्थानीय बताउँछन् । यस बिषयमा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले मंगलबार बेलुकी घटनाको बारेमा जानकारी आएपछि प्रहरी परिचालन भएको बताए । सो स्थानमा गएको प्रहरीले गाडी काट्न प्रयोग भएको चारवटा सिलिन्डर समेत बरामद गर्नुका साथै गाडी काटने ब्यक्तिको खोजी भईरहेको जानकारी दिए ।
ओबि

सम्बन्धित खवर