धर्मशाला निर्माणका लागि जितेन्द्रले दिए ५१ हजार

धर्मशाला निर्माणका लागि जितेन्द्रले दिए ५१ हजार

विवेक शर्मा, रौतहट

रौतहटको बिच भागमा अवस्थित गरुडा नगरपालिकाको वार्ड नं. ५ मा पर्ने श्री विश्वकर्मा मन्दिरको धर्मशाला निर्माणका लागि जितेन्द्र ठाकुरले ५१ हजार सहयोग गरेका छन् । रौतहटकै प्रख्यात मानिने शिवनगरको शिव मंदिर लोहार जातीको कुल देवताका रुपमा पनि चिनिन्छ । सोही मंदिरमा निमार्णाधीन अवस्थामा रहेको धर्मशालाका लागि रौतहटको फतुवा विजयपुर नगरपालिका वार्ड नं. ९ का जितेन्द्र ठाकुरले ५१ हजार सहयोग गरेका हुन् ।

धार्मिक तथा समाज सेवामा अग्रसर रहेका ठाकुर व्यावसायी हुन् । मानव सेवा गर्नु नै आफ्नो धर्म रहेको बताएका छन् । ठाकुरले गरेको सहयोगबाट निमार्णाधीन अवस्थामा रहेको धर्मशालाको अगाडीको २ वटा सटर लगाउन प्रयोग गरिने भएको छ । यो काम सकिने वितिकै आवश्यक परेको वखत फेरी पनि आफु सहयोग गर्ने ठाकुरको भनाई रहेको छ ।

सो मन्दिर २०५७ सालमा शिवनगरमा बनेको हो । लोहार जातीको लगानीमा मात्र बनेको यो मंदिर रौतहटकै सौन्दैर्य मध्ये एक रहेको छ । यस मंदिरमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा पुजाको दिन धेरै धुमधामसगँ बाबा विश्वकर्माको पुजा हुने गर्दछ । जसमा रौतहट जिल्ला भरिको लोहार स्वाजातिहरु उपस्थित हुने गर्दछ । हरेक वर्ष जस्तै यस वर्ष पनि असोज १ गतेको दिन धुमधामको साथमा पुजा गर्ने योजना समेत रहेको छ । यो वर्षको कार्यक्रममा एसइइ देखी पिएचडी सम्म पास गर्ने लोहार जातीलाई सम्मान, लोहार जातियका ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाहरुलाई सम्मानको साथै निःशुल्क स्वास्थ्य शिविर चल्ने व्यवस्था रहेको श्री नेपाल विश्वकर्मा लोहार सँघ जिल्ला कार्य समिति शिवनगर रौतहटको जिल्ला सचिव रामसोगारथ शर्माले जानकारी दिनु भएको छ ।


सम्बन्धित खवर