फौजी किरा मार्ने विषादीले काम गरेन

फौजी किरा मार्ने विषादीले काम गरेन

प्रदेश १ का ५ जिल्लामा फैलिएको अमेरिकी फौजी किराको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। ओखलढुंगाबाट देखिएको अमेरिकी फौजी किरा सुरुमा भोजपुर, उदयपुर र खोटाङका स्थानीय किसानले लगाएको मकैमा देखिएको थियो। अहिले किरा फैलिएर पाँचथर पुगेको छ ।
यसको नियन्त्रण गर्न स्थानीय निकाय र कृषि ज्ञान केन्द्रका सबै प्रयास असफलजस्तै बनेका छन्। केन्द्रले सिफारिस गरेको विषादी कृषकले पाएका छैनन्। विषादी नपुग्दा ओखलढुंगा, भोजपुर, उदयपुर र खोटाङका कृषकले लगाएको अधिकांश हिउँदेमकै किराले सखाप पारेको छ।
स्थानीय तहको सहकार्यमा मकै किसानलाई केही विषादी वितरण गरिए पनि किराले मकैको डाँठसम्मै आक्रमण गरेकाले नियन्त्रण गर्न नसकेको बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख मुकेशकुमार यादवले बताए ।
फौजी किराको अन्य प्रजाति पहिले पनि देखिएका भए पनि नेपालमा पहिलो पटक अमेरिकी फौजी किराको प्रकोप देखिएको उनी बताउँछन्। अन्य प्रजातिभन्दा अमेरिकी फौजी किराले बाली छिटो सखाप पारेको उनको भनाइ छ। यो किराले मकैबाली मात्र नष्ट गर्छ। किराको प्रकोप फैलिँदा मकै किसान आतंकित बनेका छन्। ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ र पाँचथरका कृषकको हिउँदेमकै भिœयाउने आशा मरेको छ।
पाँचथर तुम्बेवा(२ चुवाडेका कविचन्द्र तामाङले दिउँसोभन्दा राति यो किराले धेरै बाली नष्ट गरेको बताए। ‘मकै रातारात नष्ट भएको छ, किरा नियन्त्रणमा आएको छैन, एक डोको पनि मकै भित्र्याउन नपाइने भयो,’ उनले भने। यसअघि यस्तो किराको प्रकोप नदेखिएको उनी बताउँछन्। ‘
यो किराको माउ समूहमा बस्ने र एकै रात सय किलोमिटरसम्म उडेर फुल पार्ने हुँदा एउटा जिल्लाबाट अर्को जिल्लामा एकै दिन यसले आक्रमण गर्ने गरेको कृषि प्राविधिक बताउँछन्। एउटा माउले एकै पटकमा २ सय फुल पार्ने र दुई दिनमै लार्भा निस्केर मकै नष्ट गर्ने भएकाले ठूलो क्षेत्रको बाली यसले नष्ट गर्छ।
वयस्क किरा समूहमा बस्ने र सबैले फुल पार्दै रातमा सयौं किलोमिटर उड्ने भएकाले ओखलढुंगामा देखिएको किरा एक महिना नहुँदै ४ जिल्लामा फैलिएको बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख यादवले बताए।
अन्नपुर्ण

सम्बन्धित खवर