२०७६ भदौ १८ गते
कीर्गिस्तानमा हुने नदेजहदा कप खेल्ने नेपाली महिला फुटबल टिमलाई विदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज (बुधबार) महिला टिमलाई विर्दा गरेको हो । प्रतियोगितामा आयोजक कीर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान छन् । भदौ २० देखि २७ गतेसम्म हुने प्रतियोगितालाई नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको रुपमा लिएको छ ।
नेपाली टिम
गोलकिपर स् एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर ।
डिफेन्डर स् हिराकुमारी भुजेल, गिता राना, पुनम जर्घामगर, अमृता जैसी, कविता धिमाल ।
मिडफिल्डर स् मञ्जलीकुमारी योञ्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दिपा राई, सरु लिम्बु ।
फरवार्ड स् निरु थापा (कप्तान), सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल ।
