डडेल्धुराबाट विप्लवका नगर इञ्चार्ज पक्राउ

डडेल्धुराबाट विप्लवका नगर इञ्चार्ज पक्राउ

भदौ १८, २०७६
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन नेपाली रहेका छन्।
पक्राउ परेका नेपाली ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य हुन्। बुधबार बिहान प्रहरीको टोलीले उनलाई गाउँबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
बिहान पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ। उनीमाथि कानुनबामोजिम कारबाही प्रक्रिया अगाडि बढाइने डिएसपी न्यौपानेले जानकारी दिए।

सम्बन्धित खवर