सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया आज पूरा हुँदै

सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया आज पूरा हुँदै

१८ भाद्र २०७६,
सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आज पूरा हुँदैछ ।शरीरमा एण्टीबडीको मात्रा बढेपछि प्रधानमन्त्री ओली गत भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए । उनको आज सातौं पटक प्लाज्मा फेरेसीस गरिँदैछ ।
यसपछि भोलि चिकित्सकहरुले रिपोर्ट हेरेपछि उनीहरुकै सल्लाहनुसार प्रधानमन्त्री ओलीको स्वदेश फर्कने मिति तय गरिनेछ ।ओली चाँडोमा शुक्रबार नैं काठमाडौं फर्कने संभावना रहेको उनी निकट स्रोतले बताएको छ ।

सम्बन्धित खवर