पुबुदुले भैरहवा ग्ल्याडियटर्स सम्हाल्ने

पुबुदुले भैरहवा ग्ल्याडियटर्स सम्हाल्ने

भाद्र १८, २०७६
एभरेष्ट प्रिमियर लिगको टोली भैरहवा ग्ल्याडियटर्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायकेलाई प्रशिक्षक नियुक्त गरेको छ । ग्ल्याडियर्टसले प्रेस विज्ञप्ति जारी गर्दै पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।
शरद भेषावकर कप्तान रहेको भैरहवा गत वर्षको उपविजेता टोली हो । चौथो संस्करणको प्रतियोगिता आगामी फेबुअरी २९ देखि मार्च १४ सम्म हुनेछ । पुबुदु सन् २०११ मा नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए ।
उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी–२० विश्वकप खेलेको थियो । उनैले नेपाललाई डिभिजन ४, ३ र २ को विजेता बनाएका थिए । सन् २०१५ मा नेपाल छाडेर अमेरिका गएका पुबुदुले अघिल्लो महिना मात्रै अमेरिकी टोलीको प्रशिक्षकबाट राजीनामा गरेका थिए ।

सम्बन्धित खवर