मुख्यमन्त्री लालबाबु राउतले गरे ४६२ वटा साइकल वितरण

मुख्यमन्त्री लालबाबु राउतले गरे ४६२ वटा साइकल वितरण

राजेन्द्र महतो, लहान

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बेटि बचाउ बेटि पढाउ अभियान अन्तर्गत आईतबार सिरहाका ५ वटा माध्यमिक स्तरका विद्यालयमा अध्ययनरत ४६२ जना छात्रालाई साईकल वितरण गरेका छन् ।

सिरहाका लहान नगरपालिका ३ स्थित लक्ष्मण ललिता मा.वि.का १०३, सुखीपुर नगरपालिका वडा नं. २ स्थित जनता मा.वि.का ५७, नरहा गाउँपालिकामा रहेको जनता वनवाली नमूना मा.वि का ११२, मिर्चैया नगरपालिका वडा नं. ५ स्थित मोहन माध्यमिक विद्यालयका ११३ वटा र मिर्चैया नगरपालिका वडा नं. ७ मा रहेको बाबुजी राय जुनाई ठाकुर मा.वि.फुलवरीयाका ७७ वटा गरी ४६२ वटा साइकल कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई वितरण गरिएको हो ।

गत आर्थिक वर्ष २०७५/२०७६ मा मुख्यमन्त्री राउतले
१४ हजार साईकल वितरण गरेका छन् । सो वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले महिला र पुरुषबीच रहेको भेदभाव अन्त्य भए मात्रै मुलुक समृद्ध हुने बताउदै प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।


सम्बन्धित खवर