विप्लवका कोशी ब्यूरोसहित २ कार्यकर्ता कारागार चलान

विप्लवका कोशी ब्यूरोसहित २ कार्यकर्ता कारागार चलान

भदौ १७, २०७६
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको कोशी व्यूरो संयोजकसहित २ जना कारागार चलान भएका छन्। विभिन्न मुद्दा को आरोप लागेको विप्लवका कोशी व्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) र छिरिङ शेर्पाले धरौटी बुझाउन नसकेका कारण कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए।
विप्लवका ब्युरो संयोजक ओखलढुंगाका घनश्याम श्रेष्ठ (पुष्कर) र संखुवासभाका छिरिङ शेर्पालाई मंगलबार कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरले जनाएको छ।
ब्युरो संयोजक श्रेष्ठलाई दुई मुद्दामा ३० हजार र जिल्ला सदस्य शेर्पालाई छ वटा मुद्दामा १ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको बताइएको छ। ब्युरो संयोजक श्रेष्ठलाई गत चैत १० गते मोरङको कानेपोखरीबाट र संखुवासभाका जिल्ला सदस्य शेर्पालाई भदौ ८ गते प्रहरीले पक्राउ गरेको थियो।

सम्बन्धित खवर