प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेकपा महासचिव पौडेल सिंगापुर प्रस्थान

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेकपा महासचिव पौडेल सिंगापुर प्रस्थान

 

भाद्र १७, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका महासचिव विष्णु पौडेलले मंगलबार दिउँसो सिंगापुर गएका छन् । प्रधानमन्त्री ओलीले भदौ ५ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका छन् ।
सिंगापुरमा प्रधानमन्त्रीको शरीरबाट निस्केको एन्टीबडी घटाउनका लागि गरिने ‘प्लाज्माफेरेसिस’ भइरहेको छ । अहिलेसम्म उनको छैटौंपटक ‘प्लाज्माफेरेरिस’ भइसकेको छ ।
चिकित्सकहरुले सात पटकसम्म ‘प्लाज्माफेरेसिस’ गर्नुपर्ने सुझाव दिए अनुसार अन्तिम पटकको बुधबार हुँदैछ । त्यसपछि पछिको अवस्था परीक्षण गरी प्रधानमन्त्री ओली शनिबारसम्म स्वदेश फर्किनेछ । महासचिव पौडेल प्रधानमन्त्रीसँगै फर्किनेछन्

सम्बन्धित खवर