ओलम्पिक कमिटीको निर्वाचन रोक्न सर्वोच्चको अन्तरिम आदेश

ओलम्पिक कमिटीको निर्वाचन रोक्न सर्वोच्चको अन्तरिम आदेश

भाद्र १७, २०७६
सर्वोच्च अदालतले भदौ २० गते तय भएको नेपाल ओलम्पिक कमिटीको कार्यसमिति निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै दायर भएको रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

‘रिट निवेदनको गाम्भिर्यता हेर्दा दुवै पक्ष राखेर छलफल गरी उचित निश्कर्षमा पुग्नु जरुरी भएकाले भदौ २२ गतेको पेशी तोकिएको छ,’ न्यायाधीश मोक्तानको आदेशमा उल्लेख छ । यसबीचमा ओलम्पिक कमिटीको निर्वाचन नगराउन अदालतले सबै विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो

नेपाल टेबलटेनिस संघका पूर्व महासचिव समेत रहेका चित्रकारले सरोकारवाला १२ जना व्यक्ति तथा संस्थालाई विपक्षी बनाउँदै आइतबार मुद्दा दायर गरेका हुन् । भदौ २० गतेका लागि तय भएको निर्वाचनको तालिका यो फैसलाले अन्यौलमा परेको छ ।
कान्तिपुर

सम्बन्धित खवर