मोरङको कानेपोखरीमा बर्डफ्ल्यु फेला, २२२ कुखुरासहितका पंक्षी नष्ट, ५० लाख बराबरको क्षति

मोरङको कानेपोखरीमा बर्डफ्ल्यु फेला, २२२ कुखुरासहितका पंक्षी नष्ट, ५० लाख बराबरको क्षति

राजकुमारी तामाङ
भदौ १७, २०७६ पथरी
मोरङको कानेपोखरी गाउपालिकामा बर्डफ्ल्युको संक्रमण भेटिएपछि २२२ कुखुरासहितका पंक्षी नष्ट गरिएको छ । कानेपोखरी–३ हरकपुरमा रहेको यसोधरा कृषि फर्ममा पालिएका हाँस, टर्की, स्थानीय कुखुरा र बट्टाईमा बर्डफ्ल्युको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्र मोरङ का प्रमुख सुशील अधिकारीले जानकारी दिएका छन् ।
त्यस फर्ममा रहेका कुखुरा बिहीबार मर्न थालेपछि फर्मका संचालक श्री प्रसाद मिश्रले पशु प्रयोगशाला बिराटनगर र केन्द्रीय पशु प्रयोगशाला त्रिपुरेश्वरको टोलीलाई खबर गरेका थिए । सो परिक्षण टोलीले जाच पश्चात् बर्डफ्ल्यु भएको पुष्टि गरेको थियो । रोगको संक्रमण भएको भन्दै सोमबार फर्ममा पालिएका २२२ पंक्षी नष्ट गरिएको हो ।
फर्मका संचालक श्री प्रसाद मिश्रका अनुसार भदौ १४ गते नै २ सय भन्दा बढी कुखुरा मरेका थिए । उनका अनुसार सो फर्मबाट ५० लाख बराबरको नोक्सान भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्र मोरङका प्रमुख अधिकारीका अनुसार रोगको संक्रमण फैलिएको स्थानमा सिल गरिएको छ भने सोमबार नै फर्ममा रहेको १५ क्विन्टल कुखुराको दानाको कच्चा पर्दाथ र ४ मन दाना समेत नष्ट गरिएको छ ।

सम्बन्धित खवर