विद्यार्थीको खाजाका लागि वडाध्यक्षले दिए भत्ता बापतको रकम

विद्यार्थीको खाजाका लागि वडाध्यक्षले दिए भत्ता बापतको रकम

भदौ १७, २०७६
भद्रपुर नगरपालिका–६ का वडा सदस्य प्रकाश शर्माले आफ्नो जुम्ल्याहा छोराछोरीको जन्मदिनको अवसरमा सोही वडामा रहेको शारदा आधारभूत विद्यालयलाई दुई महिनाको भत्ता बापतको १३ हजार रुपैयाँ दिएका छन्।
सरकारले सामुदायिक विद्यालयका बाल विकासमा अध्ययनरत विद्यार्थीको खाजा रकम कटौती गरेको भन्दै उनले उक्त रकम दिएका हुन्। छोरा वासुदेव र छोरी बालिका एक वर्ष पूरा गरेको उपलक्ष्यमा वडा सदस्य शर्माले मंगलबार विद्यालयका प्रधानाध्यापक कोपिला दाहाललाई चेक हस्तान्तरण गरेका हुन्।
बाल विकासमा अध्ययनरत छात्रछात्रालाई दिइँदै आइएको खाजा बापतको रकम सरकारले कटौती गरेकाले गरिब तथा विपन्न उनीहरु खाजाबाट बञ्चित भएका छन्। विद्यालयकी प्रधानाध्यापक दाहालले उक्त रकम विद्यार्थीको खाजामा खर्च गर्ने बताइन्।

सम्बन्धित खवर