आन्तरिक राजस्व कार्यालयका कर्मचारी घुससहित पक्रा

आन्तरिक राजस्व कार्यालयका कर्मचारी घुससहित पक्रा

भदौ १७, २०७६
आन्तरिक राजस्व कार्यालय सिमराका कम्प्युटर अपरेटर ४० हजार रुपैयाँसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले कम्प्युटर अपरेटर सुदिप लामालाई नगदसहित सोमबार साँझ पक्राउ गरेको हो।
लामो समयदेखि कर नतिरेको प्यान नम्बर बन्द गर्न रकममा सहुलियत गरी दिने भन्दै लामाले रकम लिएको अख्तियारको टोलीले बताएको छ। अख्तियारका अनुसार लामाले कार्यालय समय सकिएपछि साँझ घुस रकम लिएका थिए।
सिमराको एक होटेलमा खाजा खान बसेको समयमा अख्तियारको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको हो।
यसैगरी सोमवार दिउँसो अख्तियारले मालपोत कार्यालय बाराका नायब सुब्बा हरिमोहन सिंह क्षेत्री घुस रकमसहित पक्राउ गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले कार्यालयमा रहेर सहयोगीको भुमिकामा बिचौलियाको काम गर्ने हरिमोहन सिंह क्षेत्रीलाई पक्राउ गरेको हो।

सम्बन्धित खवर