सडक दुर्घटनाको कारण आफै

सडक दुर्घटनाको कारण आफै


भदौ १७, २०७६
सबैले आआफ्नो तर्फबाट नैतिक जिम्मेवारी लिए मात्रै सडकको ट्राफिक समस्या समाधान हुने सरोकारवालाहरूले बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आयोजना गरेको कार्यक्रमा सबैले आफ्नो दायित्व वहन गरेको अवस्थामा मत्र सडक दुर्घटना न्यूनीकरण हुने सरोकारवालाको भनाइ थियो । समुदाय प्रहरी साझेदारीले सवारी दुर्घटना न्यूनीकरण तथा विराटनगर बजार भित्रको ट्राफिक व्यवस्थापन गर्ने सम्बन्धमा भएको अन्तरक्रिया कार्यक्रमा उनीहरूले यस्तो कुरामा जोड दिएका थिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आ–आफ्नो ठाँउबाट इमान्दारिताको साथ काम गरेको खण्डमा सडक समस्या समाधान हुने उनले बताए ।
उनले विराटनगर महानगरपालिकाले सिटी, अटो, म्याजिक भेनलाई अहिले स्विकृति दिने काम बन्द गरेको बताएका थिए । ‘अचाक्ली बढेका सिटी र अटोको कारणले उनीहरूले बेरोजगार बन्नुपर्ने अवस्था सृजना भएको छ ।’ उनले भने ‘यातायात कार्यालयको आफ्नो करको टार्गेट पूरा गर्ने ध्याउन्नको कारणले समस्या भएको छ ।
प्रदेश १ प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले सडकको समस्या एउटा ट्राफिक प्रहरीले मात्र समाधान गर्न नसक्ने बताए । उनले सडक दुर्घटनामा सबै जिम्मेवार बने यस्तो नहुने बताए । मापासे गरेर छोराछोरीले गाडी चलाएमा अभिभावकले नचलाउन दबाव दिनुपर्ने बताए । ट्राफिक प्रहरीलेमात्र गरेर यो समस्या समाधान नहुने उनको तर्क थियो । ‘ओभर टेकमा जितेर के पाइन्छ ।’
उनले भने ‘फुटबल, म्याराथुनमा जिते सिल्ड पाइन्छ ।’ प्रदेश प्रहरी प्रमुख ज्ञवालीले पूर्वाधारको कमी भएकाले भएका कुराको अधिकतम प्रयोग गर्नुपर्ने जोड दिए । १ सय ५० सिसिका मोटर साइकल चल्न मुस्किल भएको नेपालका सडकमा ६ सय सिसिका मोटर साइकल भित्रिनु दुखद् भएको बताए ।
मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले सडकमा डिजिटलाईजेनमा जोड दिनुपर्ने बताए । उनले विराटनगरको सडकमा बढेको ट्राफिक जाम नियन्त्रणको लागि पनि डिजिटलाइजेसन आवश्यक रहेको बताए । उनले भारतबाट भित्रिने गाडीलाई सिमा नाकामै राम्रोसँग परिक्षण गरेर अन्य ठाउँमा दुःख दिन नहुने बताए । पर्यटकको रूपमा भित्रिने भारतीयलाई सहज बनाइ दिनुपर्ने उनको जोड थियो ।
अन्तरक्रियामा मजदुर नेता तेजलाल कर्णले गोल्छा, जलजला, अस्पताल चोक लगायतका व्यस्त स्थानमा दैनिक दुइ घण्टाभन्दा बढी समय जाम हुने गरेको बताए । उनले निजी अस्पताल र बैङ्कहरूले पार्किको लागी सडकको प्रयोग गर्दा यस्तो समस्या सृजना भएको बताए । उनले पार्किङ नभएका अस्पताल र बैङ्कहरू अन्यत्र सार्न महानगरले पहल गर्नुपर्ने बताए । अन्तरक्रियामा लयन रेवतबहादुर कार्की, प्रदेश १ ट्राफिक प्रहरी प्रमुख भीमबहादुर दाहाल लगायतले आफ्नो धारणा राखेका थिए
ब्लाष्टखबर

सम्बन्धित खवर