गाउँपालिका अध्यक्षलाई धम्क्याएर दुई करोड मागेको आरोपमा उपाध्यक्ष, वडाध्यक्षमाथि मु्द्धा

गाउँपालिका अध्यक्षलाई धम्क्याएर दुई करोड मागेको आरोपमा उपाध्यक्ष, वडाध्यक्षमाथि मु्द्धा

मङ्गलबार १७, भदौ २०७६
रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले उपाध्यक्षसहित ५ जनालाई काराबाहीका लागि किटानी जाहेरी दिएका छन् ।
दुई करोड चन्दा नदिए ज्यान मार्ने धम्की दिएको भन्दै जाहेरी दिएका हुन् ।
उपाध्यक्ष दीपशिखा न्यौपाने दाहाल, वडा अध्यक्ष सुवास बोहोरा, नेकपाका नेता सञ्जीव कार्की, लोप्सन भनिने बाबुराम तामाङ र अमृत तामाङविरुद्ध मुद्दा दायर गरेको हो ।
उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोराले बाबुराम तामाङलाई प्रयोग गरी २ करोड माग गर्न लगाएको र नदिए आफू र परिवारका सदस्यलाई मार्ने सम्मको धक्की दिएको आरोप खड्काले लगाउँदै आएका छन् । नेकपाका नेता कार्की समेत प्रहरीको अनुसन्धानबाट दोषी देखिएकाले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको खड्काले वताए ।
तर दाहाल र बोहोराले भने विकास निर्माणका कुरामा पारदर्शिता खोज्दा झुटा अभियोग लागेको दावी गरे ।
विद्युतीकरण गर्दा लागेको खर्च भन्दै अध्यक्ष खड्काले ६ करोड ९५ लाख रुपैया माग गरेपछि अनुगमन समितिकी संयोजक समेत रहेकी उपाध्यक्ष दाहाल र वडा अध्यक्षहरुले प्रस्ताव अस्वीकार गरेका थिए ।
अनुगमन गरी लागेको पैसा विनियोजन गर्ने उनीहरुको अडान अध्यक्षलाई स्वीकार्य नभएपछि कार्यपालिकाको बैठकमा झगडा भएको थियो ।

सम्बन्धित खवर