उदयपुरको खानेपानीमा भ्रष्टाचारको शंका स् पाइप घामैले पग्लियो

उदयपुरको खानेपानीमा भ्रष्टाचारको शंका स् पाइप घामैले पग्लियो

आइतबार १५, भदौ २०७६
उदयपुरको मझुवा बाराहा खानेपानी योजनामा चरम भ्रष्टाचार भएको आशंका गरिएको छ ।
खानेपानीको पाइप घामले पग्लिएर कामै नलाग्ने भई खुम्चिएको छ । गुणस्तरहीन सामान प्रयोग भएको अनुमान गरिएको छ ।
लिम्चुङ्बुङ गाउँपालिका–३ बाराहामा निर्माणाधीन योजनाको पाइप रुखमा बाँधेर टाँगेको ठाउँमा घामले पग्लिएको हो ।
खानेपानीको समस्या समाधान गर्नका लागि जिल्ला खानेपानी कार्यालय उदयपुरबाट प्राप्त योजनाको पाइप घामले पग्लिएको लिम्चुङ्बुङ गाउँपालिका–३ का वडासदस्य गुरुमणि कुमाईले बताए ।
२०७६र७७ सम्ममा सम्पन्न गर्ने गरी भइरहेको आयोजनाको काम अन्तर्गत ५० एमएमको पाइप रुखमा बाँधेर टाँगिएकोमा घामले पग्लेको उनले बताए ।
माटोमा गाड्नु पर्ने भए पनि ठाउँ–ठाउँमा रुखमा बाँधेर टाँगेको ठाउँमा कालो पाइप पग्लेर कामै नलाग्ने भएको सदस्य कुमाईले बताए ।
१० केजी, ६ केजी र अढाई केजी गरेर तीन प्रकारको पाइप खानेपानीले उपलब्ध गराएकोमा अढाई केजीको पाइप पग्लेको बताइएको छ ।

सम्बन्धित खवर