आजदेखि त्रिभुवन विमानस्थल दैनिक सात घण्टा बन्द हुने

आजदेखि त्रिभुवन विमानस्थल दैनिक सात घण्टा बन्द हुने

भदौ १५, २०७६ काठमाडौं
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ। विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलको दोस्रो चरणको काम आजदेखि सुरु हुने भएकाले उडान अवतरण बन्द गरेर स्तरोन्नति गर्न लागिएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताए। सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिका लागि राति साढे ११ बजेदेखि विहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिने प्रमुख क्षेत्रीको भनाइ छ।
यस अघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल चैत (अप्रिल १) देखि २०७६ असार १५ (जुन ३०)सम्म दैनिक १० घण्टा बन्द भएको थियो। विमानस्थलको तीन हजार ५० मिटर (१० हजार सात फिट) लामो धावनमार्ग जीर्णोद्वार गर्नका लागि बन्द गरिएको थियो।

सम्बन्धित खवर