झापामा सुरु भयो व्यावसायिक स्याउ खेती

झापामा सुरु भयो व्यावसायिक स्याउ खेती

भदौ १४ २०७६
झापाका एक किसानले पहिलो पटक झापा व्यावसायिक स्याउ खेती थालेका छन्। गौरादह –२ का भीमबहादुर खड्काले पहिलोपटक स्याउ खेती गरी गर्मी ठाउँमा समेत स्याउ फलाएका हुन्। .
पहाडी तथा हिमाली क्षेत्रमा फल्ने स्याउ तराईको गर्मीमा पनि फल्ने उदाहरण उनले देखाएका हुन्। आफ्नो घर छेउमा करिब एक बिघा जग्गामा खेतलाई माटोले पुरेर डाँडो बनाई ड्याङ बनाई स्याउका विरुवा रोपेका छन्। उनले पहिलोपटक २ सय स्याउका विरुवा लगाएका छन्। परीक्षणको रूपमा पहिलो पटक स्याउको विरुवा रोपेर हेर्दा फल फलेर खानपाएपछि उनको परिवारसहित गाउँले पनि दंग परेका छन्।
स्याउका विरुवा रोप्ने समयमा स्याउ फलेर खान पाइन्छ भन्नेमा कसैले पनि विश्वास गरेका थिएनन्। विरुवा रोपेको एक वर्षपछि फल फल्ने विश्वास गरे पनि आठ महिनापछि नै फल फलेको हो। बजारमा किनेर खाने गरेको स्याउ तराईको गर्मी मौसममा पनि बोटैमा टिपेर खान पाउँदा छिमेकी सीताराम तिम्सिनाले खुसी व्यक्त गरे।
दाजुलाई उपचार गराउन भारत गएको समयमा त्यस क्षेत्रमा स्याउ फलेको देखेपछि आफूलाई पनि स्याउ खेती गर्ने जागर चलेको भीम खड्का बताउँछन्। भारत हरियानाको गर्मीमा फलेको स्याउ देख्दा आफ्नो बारिमा पनि स्याउ फलाउन सकिने आत्मविश्वास बढेपछि विरुवा लगाएको उनले बताए।
हरियानामा फलेको स्याउको बारेमा आफूले जानकारी लिँदा थाइल्यान्डमा लगाइने स्याउ गर्मी मौसममा फल्ने थाहा पाएपछि सोहीअनुसार आफूले खेती गरेको खड्का बताउँछन्।

सम्बन्धित खवर