अपडेट ः झापामा बस दुर्घटना, एकजनाको मृत्यु, १७ घाइते

अपडेट ः झापामा बस दुर्घटना, एकजनाको मृत्यु, १७ घाइते

भदौ १४, २०७६
झापाको सुरुङ्गा १ स्थित जुकेकल्र्भटमा बस दुर्घटना हुँदा झापा भद्रपुर ९ की २६ बर्षिय सुजन पोखरेलको मृत्यु भएको छ भने दुर्घटनामा परि बसमा सवार अन्य १७ जना यात्रु समेत घाइते बनेका छन् । घाइतेको विर्तामोडमा उपचार भइरहेको छ भने चालकलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे ११ प ८९७७ नम्बरको स्कुटीलाई सोहि दिशा तर्फ जादै गरेको को १ ख ७२०४ नम्बरको बुढासुब्बा माई यातायात नामक यात्रुबाहक बसले पछाडिबाट ठक्कर दिँदा स्कुटरमा पछाडि सवार पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार विहान साढे ९ बजे कन्काइ नगरपालिका १ जामुनबारी चोक नजिकै दुर्घटना भएको जिल्लाका एसपी दिनेशराज मैनालीले बताएका छन् ।
घाइते हुनेहरुमा ईलाम महमाई नगरपालिका ७ का ४६ वषिय रेनुका राई ,झापा अर्जुनधारा नगरपालिका ४ बस्ने बर्ष ५५ की यम कुमारी कोईराला , इलाम महमाई नगरपालिका दानावारी बस्ने बर्ष ७ को प्रतिक गिरी ,झापा अर्जुनधारा नगरपालिका २ बस्ने बर्ष २८को बिनोद भण्डारी सिरहा गोलबजार नगरपालिका १ बर्ष ४० की जानुका मगर, ईलाम माईनगरपालिका १ दानावारी बस्ने बर्ष २४ कि प्रेम कुमारी प्रधान ,इलाम माईनगरपालिका १ बस्ने बर्ष ६ को जोन प्रधान,ईलाम माइनगरपालिका २ बस्ने बर्ष ३५ कि माया गिरी, इलाम माईनगरपालिका ७ बस्ने बर्ष १६ कि मनिसा श्रेष्ठ ,झापा अर्जुनधारा नगरपालिका ९ बस्ने बर्ष ६३ कि चन्द्रकला मिश्र ,ईलाम माई नगरपालिका ४ बस्ने बर्ष २६ कि अनिता परियार, झापा अर्जुनधारा नगरपालिका ७ बस्ने बर्ष १० को ग्रिस सुवेदी,झापा अर्जुनधारा नगरपालिका ७ बस्ने बर्ष ४५ को बासुदेब सुवेदी, ईलाम माइनगरपालिका बर्ष २८ को बिशाल मगर ,झापा बुद्दशान्ति गापा २ बस्ने बर्ष ५० को केदार अधीकारी,ईलाम माइनगरपालिका १ बस्ने बर्ष २ कि जोसना प्रधान र स्कुटि पछाडि सवार मृतकको श्रीमान अर्जुनधरा नगरपालिका १ बस्ने बर्ष २८ को बिनोद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर