पर्यटनमन्त्री भट्टराई ः पूर्वप्रधानमन्त्री देउवाबीच भेटवार्ता

पर्यटनमन्त्री भट्टराई ः पूर्वप्रधानमन्त्री देउवाबीच भेटवार्ता

भदौ १४, २०७६
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। मन्त्री भट्टराई शनिबार बिहान देउवा निवास बूढानीलकण्ठ पुगेर भेटघाट गरेका हुन्।
भेटका क्रममा मन्त्री भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिनपहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको बताइएको छ।

सम्बन्धित खवर