हल्दीबारीको बजेट २४ करोड ७७ लाख

हल्दीबारीको बजेट २४ करोड ७७ लाख

भदौ १४, २०७६
बजेट नीति तथा कार्यक्रम पारित भएको दुइ महिनापछि बजेट सार्वजनिकीकरण गरिएको छ । झापाको हल्दीबारी गाउँपालिकाले असार १० गते आर्थिक वर्ष ०७६र७७ का लागि चौथो गाउँसभा उद्घाटन गरेको थियो । सभाले असार असार ३१ गते २४ करोड ७७ लाख २१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको थियो ।
बजेट पारित भएपनि प्राविधिक कठिनाइ र पुस्तक छपाउन समय लागेका कारण औपचारिक रुपमा शुक्रबार दिउँसो कार्यक्रममको आयोजना गरि सार्वजनिक गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरीले नीति, कार्यक्रम सहितको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष गिरीले शुक्रबार सार्वजानिक गरेको बजेटमा वित्तीय समानीकरण अनुदान वापत् (नेपाल सरकार)१० करोड ७४ लाख,राजस्व बाँडफाँड नेपाल सरकारबाट ७ कोड ९८ लाख,वित्तीय समानीकरण प्रदेश सरकारबाट अनुदान७१ लाख ९४ हजार,त्यसैगरी प्रदेश सरकारबाट नै सवारी साधन कर बाँडफाँड वापत् ४९ लाख ८३ हजार र आन्तरिक आय वापत् ४ करोड ८३ लाख ४४ हजार रहेको छ । जसमा सर्शत अनुदान भने समावेश गरिएको छैन ।
आर्थिक वर्षमा हल्दीबारीले पारित गरेको २४ वटा मुख्य–मुख्य विशेषताहरु गिरीले सार्वजनिक गरेका थिए । जसअन्र्तगत हल्दीबारीको बाचा झापाभरी माछा, किसानको खुशी, पशुपालन र कृषि, साहित्यिक मन, कृषि र पर्यटन, समृद्धिका पालिका ,हल्दीबारीका बालक, त्यसैगरी एक वडा एक माध्यामिक विद्यालय, मेचेभाषा पठनपाठन, बेसहाराको सहारा हल्दीबारी गाउँपालिका, जनता उपचार सहायता कोष, काठेपुलमुक्त गाउँपालिका, द्धार एक सेवा अनेक, फेरी पनि घुम्न जाउँ हल्दीबारी गाउँको योजना अघि सारेका छन् ।

सम्बन्धित खवर