पुर्वी नाकाबाट गाईगोरु पुग्छन् भारत र बंगलादेश, पोखरामा कागज मिलाएर झापाबाट तस्करी

पुर्वी नाकाबाट गाईगोरु पुग्छन् भारत र बंगलादेश, पोखरामा कागज मिलाएर झापाबाट तस्करी

१४ भाद्र २०७६,
भारतसँग सीमाना जोडिएका प्रदेश १ का ताप्लेजुङ, पाँचथर, ईलाम, झापाबाट अवैध तरिकाले गाई–गोरु तस्करी हुने गरेको छ। इलामको सूर्योदय नगरपालिकाका स्थानीय सन्दिप मगरले दैनिक आँखा अघिबाट सैयौंको संख्यामा भारतीय नागरिकले सोही क्षेत्रबाट गाईगोरु अवैध रूपमा भारत लैजाँदा समेत प्रहरीले नदेखे जस्तो गरी बस्ने गरेको गुनासो गरे।
स्थानीयको दबाबमा कहिले काँही छिटफुट प्रहरीले चौपायासहित सवारी साधन र चालकलाई नियन्त्रणमा लिने गर्छ। तर यो अत्यन्तै न्यून छ। इलाम मात्र होइन, ताप्लेजुङको पूर्व साविकका कालिखोला र सादेवा गाविसबाट पनि ठूलो संख्यामा चौपाया तस्करी हुने गरेको छ। यो क्षेत्र भएर पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र संखुवासभामा संकलन गरिएका चौपाया तस्करी हुने गरेको छ। केही चौपाया कोशी राजमार्ग भएर झापाको दमक हुँदै भारत तस्करी हुने गरेको छ।
यो क्षेत्रबाट तस्करले मासुका लागि भारत र बंगलादेशतर्फ निरन्तर गाईगोरु तस्करी गरिरहे पनि प्रशासनले रोक्न नसकेको स्थानीयको गुनासो छ। ‘गाईगोरु लैजानेले भन्छन्, पारी (भारतका विभिन्न स्थान र बंगलादेश) मा मासुका लागि बिक्री हुन्छ, नेपालका गाईगोरु त्यहाँ रुचाउँछन्’, दमक पशुहाट छेउका स्थानीय व्यापारी कृष्ण लिम्बुले भने।
ग्रामीण क्षेत्रका किसानले पालेका गाईगोरु तस्करले न्यून मूल्यमा किनेर ताप्लेजुङको साविकका कालिखोला र सादेवा गाविससहित ईलामको सूर्योदय नगरपालिका र झापाको दमक हुँदै भारतसम्म र्पुयाउने गरेको स्वयं चौपाया खरिद गर्ने भारतीय नागरिक बताउँछन्। पहाडमा संकलन गरिएका गाईगोरुलाई रातको समयमा धनकुटाको सिंधुवाबाट ट्रकमा राखेर रातारात दमक र्पुयाउने गरेको भारत सिक्किम घर बताउने गाईगोरु खरिद गर्न नेपाल आएका मनकुमार तामाङ् बताउँछन्।
यसअघि तेह्रथुमको शुक्रबारे, म्याङ्लुङ, संक्रान्तिलगायत क्षेत्रको पैदलमार्ग भएर तमोर नदी तारी दमक र्पुयाउने गरेकोमा पछिल्लो समय गाडीबाटै गन्तव्यमा र्पुयाउने गरिएको पाँचथरका गाईगोरु व्यापारी सुक्रवीर लिम्बूले बताए।
व्यापारीले पैदल र सवारीमार्फत झापाको दमक र्पुयाएका चौपायालाई बीचौलियामार्फत भारतका व्यापारीलाई बेचिने गरिएको छ। ती गाईगोरु खोला किनारै किनार हिँडाएर र गाडीमा भारत र्पुयाइन्छ। दमक हुँदै भारत सम्म चौपाया र्पुयाउने भारतीय गाई व्यापारी सुरेन्द्र मुखियाले भने आफूहरूले प्रक्रिया र्पुयाएर गाईगोरु भारत लैजाने गरेको दाबी गरे।
गाईलाई भारतबाट नेपाल आयात गर्न र नेपालबाट भारत निर्यात गर्न कानुनी जटिलता भए पनि तस्करले मिलेमतोमा अवैध धन्धा चलाइरहेको पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहले स्वीकार गरे। नेपालबाट मासुका लागि गाईको निकासी गर्न प्रतिबन्ध छ।
गाई बाहेकका चौपाया निकासीका लागि सरकारले झापाका दुईवटा नाकालाई मात्र अख्तियारी दिएको छ। काँकरभिट्टा नाका र भद्रपुर नाकाबाट गाईबाहेकका चौपाया निकासी गर्न पाइन्छ।
पोखरामा कागज मिलाएर झापाबाट तस्करी
पछिल्लो समय पोखराका गाईगोरु प्रदेश १ का सीमा नाका हुँदै बंगलादेश तस्करी हुने गरेको छ। सीमा कटाउने व्यापारीले सबैभन्दा बढी झापाको नाका प्रयोग गरेका छन्। व्यवसायिक प्रयोजन भन्दै पोखराबाट हेटौंडा र झापामा यी गाईगोरु लैजाने गरिएको छ। पोखरा महानगरपालिका भित्रका गाईगोरु अपचलनमा महानगर कर्मचारीको प्रत्यक्ष संलग्नतामा झापासम्म आइपुग्छन्।
महानगरले नै पटकपटक महानगरका गाई गोरु अपचलन गर्न आधिकारिक पत्र सम्बन्धित व्यक्तिलाई थमाएको अनुसन्धानका क्रममा प्रहरीले भेटिएको थियो। पोखरा महागरका सूचना अधिकारी गंगालाल सुवेदीको हस्ताक्षर गरिएको पत्रमार्फत नै पछिल्लो समयमा पोखराबाट गाई र गोरु झापासम्म पुग्ने गरेका छन्।
रनि भट्टराईरअन्नपुर्ण पोष्ट ।

सम्बन्धित खवर