“कथा औसीँको” प्रिमियर सो पथरीमा भदौ २३ गते हुने

“कथा औसीँको” प्रिमियर सो पथरीमा भदौ २३ गते हुने

राजकुमारी तामाङ
१३ भदौ २०७६ पथरी
मोरङको पथरीमा नेपाली कथानक चलचित्र “कथा औसीँको” यहि भदौ २३ गते प्रिमियर सो हुने आयोजकले शुक्रबार एक पे्रस विज्ञप्ती जारी गरेर जानकारी दिएको छ । फिल्ममा प्रमुख सहायक निर्देशक तथा कथा लेखन मौसम परिवर्तन याक्थुङबाको रहेको छ ।
रिहन्ना फिल्मस् इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा नेपाली समाजमा रहेको औसी प्रथा सम्बन्धी विशेष खोज अनुसन्धान गरी औसी प्रथा गलत प्रथा हो भन्ने सन्देश दिन खोजेको निर्माण सहायक निर्देशक मौसम परिर्वतन याक्थुङ्बाले बताएका छन् ।
यस फिल्ममा विनिसा लिम्बु, दिलमान बेघा, अभिषेक शेर्मा, विना तामाङ, चन्द्रध्वज बेघा, सरोज योङहाङलगायतको अभिनय रहेको छ । यस्तै मित्र लिङ्देनको निर्देशन, मंगल सिंह लिम्बु विशालको कार्यकारी निर्माता, किशोर सिंह लिम्बु निर्माता रहेको फिल्मको मुहासिं थापामगरले सम्पादन र प्रिती योगीले श्रृगार गरेका छन् ।
फिल्म करिब २२ लाखको लागतमा निर्माण भएको छ । फिल्मको साता अघि हाइलाइट्स नेपालबाट एक मिनेट ५० सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको थियो ।

सम्बन्धित खवर