उच्च अदालत विराटनगरमा २ हजार ४ सय ८२ वटा मुद्धा फछ्र्यौट

उच्च अदालत विराटनगरमा २ हजार ४ सय ८२ वटा मुद्धा फछ्र्यौट

१३ भाद्र २०७६,
उच्च अदालत विराटनगरले गत आर्थिक बर्षमा २ हजार ४ सय ८२ वटा मुद्धा फछ्र्यौट गरेको छ । अदालत परिसरमा आयोजित सञ्चारकर्मीसंगको अन्तरक्रियामा सो बिषयमा जानकारी गराइएको छ ।
आर्थिबर्ष २०७५÷७६ मा दर्ता भएका ३ हजार ४ सय ६८ मुद्धा र त्यसअघिको आर्थिक बर्षबाट सरि आएका ९ सय ५६ मुद्धा समेत गरेर ४ हजार ४ सय २४ मुद्धा मध्ये २ हजार ४ सय ८२ वटा मुद्धा फछ्र्यौट भएको कार्यक्रममा जनाइएको थियो ।
यो फछ्र्यौट संख्या कुल मुद्धाको ५६ दशमलव १० प्रतिशत हो । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधिश बिनोद शर्माले गएको आर्थिकबर्षमा २ हजार २ सय ८५ वटा मुद्धा पर्ने अनुमान गरिएकोमा त्यसभन्दा १ हजार १ सय ८३ वटा बढी मुद्धा परेको जानकारी दिए ।
लक्ष्यभन्दा बढी मुद्धा फछ्र्यौट भएपनि अनुमान गरिएभन्दा बढी मुद्धा दायर भएका कारण फछर््यौट प्रतिशत भने कम भएको उनको भनाई छ ।

सम्बन्धित खवर